insta insta

विकास हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

विकास हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?
Advertisement Ads

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा भाद्र ३ गते मंगलबार विकास हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ सूचीकृत भएको छ।

कम्पनीको कुल ९० लाख ९१ हजार १३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ४६ लाख ३६ हजार ४१७ कित्ता (५१ प्रतिशत) र सर्वसाधारण समूहको ४४ लाख ५४ हजार ५९६ कित्ता (४९ प्रतिशत रहेको छ।

नेप्सेले पहिलो कारोबारका लागि विकास हाइड्रोपावर कम्पनी लिमिटेडलाई न्यूनतम ९७ रुपैयाँ ४३ पैसा र अधिकतम २९२ रुपैयाँ २९ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। यही रेञ्जको आधारमा भोलि बुधबार स्पेशल प्रि-ओपन सेसनमा कम्पनीको पहिलो सेयर कारोबार हुनेछ। त्यसपछि नियमित दोस्रो बजारमा सेयर कारोबार सुरु हुनेछ। कम्पनीको सिम्बोल बिएचसीएल (BHCL) रहेको छ।
download 13 https://bajarkochirfar.com/bikash-hydropowers-ipo-listed-on-nepse-what-is-the-opening-range | %tags
download 12 1 https://bajarkochirfar.com/bikash-hydropowers-ipo-listed-on-nepse-what-is-the-opening-range | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स