अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडका दुई आधारभूत शेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्ने भएका छन्।
कम्पनीका अनुसार बन्दना कुमारी खड्काले ५९ हजार ६०१ कित्ता र अर्जुन प्रसाद गौतमले ७५ हजार कित्ता सेयर बिक्री गर्ने मनसायसहित कम्पनीमा निवेदन दिएका छन्। दुवैले आगामी ३ महिनाभित्र उक्त सेयर बिक्री गर्ने जनाएका छन्।
धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८४ तथा नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्न चाहने आधारभूत सेयरधनीले बिक्री गर्नुभन्दा कम्तीमा १५ दिनअघि सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था छ।
सोही व्यवस्थाअनुसार दुवै सेयरधनीले सेयर बिक्रीको जानकारी कम्पनीलाई गराएका हुन्।


प्रतिकृया