अपर हेवाखोलाले इंखु खोला जलविद्युत आयोजनामा ६ करोड ८ लाख बढी लगानी गर्यो

अपर हेवाखोलाले इंखु खोला जलविद्युत आयोजनामा ६ करोड ८ लाख बढी लगानी गर्यो
Advertisement Ads

अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले इंखु खोला जलविद्युत आयोजना (२७.९ मेगावाट) को विकासका लागि ६ करोड ८ लाख २५ हजार रुपैयाँ लगानी गरेको छ।

कम्पनीले विद्युत नियमन आयोगलाई दिएको जानकारीअनुसार आ.व. २०८१/८२ सम्मको सञ्चित मुनाफाबाट वितरण गरिएको १५ प्रतिशत बोनस सेयरबाट बचत भएको नगद रकम आयोजना विकास तथा सर्वेक्षणमा खर्च गर्ने प्रस्ताव गरिएको थियो।

आयोजनाको सर्वेक्षण अनुमति प्राप्त गरी विकास गर्न अपर हेवाखोला हाइड्रोपावरको ७५ प्रतिशत र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको २५ प्रतिशत सेयर लगानी रहने गरी इंखु चेपेल हाइड्रो प्रा.लि. स्थापना गरिएको छ।

उक्त कम्पनीले नेपाल सरकार, विद्युत विकास विभागबाट इंखु खोला जलविद्युत आयोजनाको सर्वेक्षण अनुमति पत्र प्राप्त गरिसकेको छ।

अपर हेवाखोलाले बोनस सेयर निष्काशनबाट प्राप्त नगद रकममध्ये हालसम्म ६ करोड ८ लाख २५ हजार रुपैयाँ सेयर लगानी गरेको जनाएको छ। बाँकी रकम आयोजनाको सर्वेक्षण कार्यमा खर्च गरिने कम्पनीले जनाएको छ।

Screenshot 17 9 2026 171032 www.nepalstock.com https://bajarkochirfar.com/upper-hewakhola-invests-over-rs-68-million-in-inkhu-khola-hydropower-project | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स