अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडका आधारभूत सेयरधनी सुदीप घिमिरेले आफूले धारण गरेको ४ लाख ५२ हजार ५३३ कित्ता सेयर आगामी तीन महिनाभित्र बिक्री गर्ने भएका छन्।
घिमिरेले उक्त सेयर बिक्री गर्ने आशयसहितको निवेदन २०८३ भदौ १५ गते अपराह्न ४ बजे कम्पनीमा पेस गरेको कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई जानकारी गराएको छ।
नेपाल धितोपत्र बोर्डले २०८३ भदौ ९ गते जारी गरेको निर्देशनअनुसार आधारभूत सेयरधनीले आफूले धारण गरेको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुभन्दा १५ दिन अगावै सम्बन्धित निकायलाई जानकारी गराउनुपर्ने व्यवस्था छ।
सोही व्यवस्थाअनुसार धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी बोर्डले सूचीकृत कम्पनीहरूलाई दिएको निर्देशनबमोजिम घिमिरेको सेयर बिक्रीसम्बन्धी जानकारी नेप्सेमा पेश गरिएको कम्पनीले जनाएको छ।


प्रतिकृया