विकास हाइड्रोपावरको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज बुधबार (भाद्र ०४ गते)बाट सेयर कारोबार सुरु भएको छ। नेप्सेको स्पेसल प्रि-ओपन सेसनमार्फत कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २९२.१० रुपैयाँमा भएको थियो।
मंगलबार नेप्सेमा कम्पनीका ९० लाख ९१ हजार १३ कित्ता सेयर सूचीकृत भएको थियो। नेप्सेले पहिलो कारोबारका लागि ९७.४३ रुपैयाँदेखि २९२.२९ रुपैयाँको रेन्ज तोकेको थियो। सोही रेन्जभित्र पहिलो कारोबार २९२.१० रुपैयाँमै भएको हो। कारोबार सुरु भएको केहि मिनेटमै कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेर ३२१.३० पुगेको हो ।





















प्रतिकृया