नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज बुधबार सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडको आईपीओ सूचीकृत भएको छ। कम्पनीको कुल ३४ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीको सिम्बोल (SAPIL) रहेको छ।
नेप्सेले पहिलो कारोबारका लागि कम्पनीलाई न्यूनतम १०० रुपैयाँ रुपैयाँ र अधिकतम ३०० रुपैयाँ पैसासम्मको ओपनिङ रेञ्ज प्रदान गरेको छ। उक्त रेञ्जमा भोलि बिहिबार स्पेशल प्रि-ओपन सेसनमा कम्पनीको पहिलो सेयर कारोबार हुनेछ।


प्रतिकृया