लुम्बिनी विकास बैंकले १ हजार ८०३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक सेयरधनी दिवाकर कुचेरियाको नाममा रहेको उक्त सेयर खरिदका लागि इच्छुक अन्य व्यक्ति तथा संस्थालाई आवेदन दिन आह्वान गरेको हो।
यसअघि बैंकले विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै ३५ दिने सूचना जारी गरेको थियो। तर, उक्त अवधिमा सेयर खरिदका लागि कुनै पनि संस्थापक सेयरधनीबाट आवेदन नपरेपछि बैंकले पुनः बिक्रीसम्बन्धी सूचना जारी गरेको हो।
अब उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बैंकमा आवेदन दिन सक्नेछन्।

प्रतिकृया