लाभांश पारित गर्दै कामना सेवा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न

लाभांश पारित गर्दै कामना सेवा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न
Advertisement Ads

कामना सेवा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभाले सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

बुधबार काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ का लागि चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। अग्राधिकार सेयरधनीलाई सेयर बाँडफाँड भएको मितिदेखि २०८३ असार मसान्तसम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत लाभांश दिने प्रस्ताव पनि पारित भएको छ।

सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। आगामी आर्थिक वर्षका लागि एनबीएसएम एण्ड एसोसिएट्सलाई बाह्य लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित भएको बैंकले जनाएको छ।

सभामा सेयरधनीका जिज्ञासाको जवाफ अध्यक्ष आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिएका थिए। थकालीले बैंकले निरन्तर दोहोरो अंकमा लाभांश वितरण गर्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा संस्थालाई दिगो, सबल र प्रतिस्पर्धी बनाउने प्रतिबद्धता व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स