नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ८०/८१ को चौथो त्रैमासको वित्तीय विवरण बल्ल सार्वजनिक गरेको छ । कम्पनीले चौथो त्रैमाससम्म १ अर्ब १३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा २७.४० प्रतिशत कम हो ।अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले १ अर्ब ५५ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको खुद बिमा शुल्क आम्दानी ३.९२ प्रतिशतले घट्दै ९ अर्ब ४९ करोड रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्ष ९ अर्ब ८८ करोड रुपैयाँ थियो। त्यस्तै, लगानी तथा कर्जाबाट हुने आम्दानी पनि १४.४४ प्रतिशतले घटेर १ अर्ब ६६ करोड रुपैयाँ भएको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी १ अर्ब ९४ करोड रुपैयाँ थियो।
चुक्ता पुँजी १३ अर्ब ४२ करोड २१ लाख ८७ हजार रुपैयाँ रहेको नेपाल पुनर्बिमाको रिटेन्ड अर्निङमा ५२ करोड ९९ लाख रुपैयाँ जम्मा छ । कम्पनीको प्रतिसेयर आम्दानी घट्दै ८ रुपैयाँ ४३ पैसामा झरेको छ, जुन अघिल्लो वर्ष १२ रुपैयाँ १७ पैसा थियो। प्रतिसेयर नेटवर्थ भने १४५ रुपैयाँ कायम रहेको छ।




















प्रतिकृया