SHAREHUB SHAREHUB

विन्ध्यवासिनी हाइड्रोपावरका सेयरधनीलाई बोनस र हकप्रद सेयरको प्रस्ताव, कहिले हुँदैछ साधारणसभा ?

Advertisement Ads
विन्ध्यवासिनी हाइड्रोपावरका सेयरधनीलाई बोनस र हकप्रद सेयरको प्रस्ताव, कहिले हुँदैछ साधारणसभा ?
Advertisement Ads

विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गर्ने र १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ। कम्पनीले कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत अघि सारेको छ।

कम्पनीको असोज २६ गते दिउँसो ३:३० बजे बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्तावसहित दसौँ वार्षिक साधारणसभा २०८३ कात्तिक १८ गते बुधबार आयोजना गर्ने निर्णय गरेको हो।

साधारणसभा प्रयोजनका लागि कम्पनीले कात्तिक १० गते एक दिन सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ। उक्त दिन सेयर दाखिला खारेजको कार्यसमेत बन्द रहनेछ।

सञ्चालक समितिको प्रस्तावअनुसार कम्पनीले चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर वितरण गर्नेछ। बोनस सेयरमा लाग्ने कर तिर्ने प्रयोजनका लागि मात्र ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि गरिएको छ।

यसैगरी, कम्पनीले हाल कायम कुल पुँजीको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने र त्यसबाट प्राप्त रकम उपयोग गर्ने प्रस्ताव साधारणसभामा पेस गर्नेछ। कम्पनीको साधारण सेयरमा परिणत हुने गरी ऋणपत्र (Debenture) जारी गर्ने तथा त्यसबाट प्राप्त रकम उपयोग गर्ने प्रस्तावसमेत स्वीकृतिका लागि अघि सारिएको छ।

Advertisement Ads

कम्पनीको प्रबन्धपत्रको दफा ६ (क, ख र ग) संशोधन गर्ने प्रस्ताव पनि साधारणसभामा पेस गरिनेछ। कम्पनीले साधारणसभासम्बन्धी सूचना तथा विस्तृत जानकारी पछि प्रकाशित गर्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स