टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको सामूहिक लगानी कोषको स्वामित्वमा रहेको १ लाख ४९ हजार ३२ कित्ता साधारण सेयरको लकइन अवधि आगामी मंसिर ५ गते समाप्त हुने भएको छ।
कम्पनीले २०८३ असोज २७ गते जारी गरेको सूचनाअनुसार सर्वसाधारणलाई सेयर बाँडफाँड भएको मितिले ६ महिनासम्म लकइनमा राख्नुपर्ने व्यवस्थाअनुसार उक्त सेयर लकइनमा राखिएको थियो। अब मंसिर ५ गतेपछि उक्त सेयरको लकइन अवधि समाप्त हुनेछ।
कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ४२ लाख ३० हजार ६६८ कित्ता साधारण सेयरमध्ये १ लाख ५१ हजार ५३३ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँडफाँड गरेको थियो।
नेपाल धितोपत्र बोर्डको २०८० कात्तिक २० गतेको पत्रमा भएको व्यवस्थाअनुसार सार्वजनिक निष्काशनबाट बाँडफाँड भएको सेयर ६ महिनासम्म लकइनमा राख्नुपर्ने व्यवस्था छ।
कम्पनीका अनुसार सामूहिक लगानी कोषका दुईवटा योजना परिपक्व भइसकेकाले तिनको स्वामित्वमा रहेका २ हजार ५०१ कित्ता सेयर भने लकइन अवधि अगावै फुकुवा गरिएको छ। त्यसपछि लकइन अवधिमा रहेको सेयर संख्या १ लाख ४९ हजार ३२ कित्ता कायम भएको हो।

प्रतिकृया