नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज सोमबारबाट दुई कम्पनीको सेयर कारोबार सुरु भएको छ। याम्बालिङ हाइड्रोपावर र टक्सार पिखुवा खोला हाइड्रोपावरको सेयर कारोबार सुरु भएको हो।
नेप्सेको स्पेसल प्रि-ओपन सेसनमार्फत याम्बालिङ हाइड्रोपावरको पहिलो कारोबार प्रतिकित्ता ३०० रुपैयाँमा भएको थियो। यसअघि गत शुक्रबार नेप्सेमा कम्पनीका ७० लाख कित्ता सेयर सूचीकृत भएका थिए। नेप्सेले पहिलो कारोबारका लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँको रेन्ज तोकेको थियो। सोही रेन्जभित्र पहिलो कारोबार ३०० रुपैयाँमै भएको हो। कारोबार सुरु भएको केहि समयमा कम्पनीको सेयरमा १५ प्रतिशत सकारात्मक सर्किट लागेर ३३५ पुगेको हो ।
त्यस्तै, नेप्सेको स्पेसल प्रि-ओपन सेसनमार्फत टक्सार पिखुवा खोला हाइड्रोपावरको पहिलो कारोबार प्रतिकित्ता ३०० रुपैयाँमा भएको थियो। यसअघि गत शुक्रबार नेप्सेमा कम्पनीका १ करोड २० लाख कित्ता सेयर सूचीकृत भएका थिए। नेप्सेले पहिलो कारोबारका लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँको रेन्ज तोकेको थियो। सोही रेन्जभित्र पहिलो कारोबार ३०० रुपैयाँमै भएको हो। कारोबार सुरु भएको केहि समयमा कम्पनीको सेयरमा १५ प्रतिशत सकारात्मक सर्किट लागेर ३३५ पुगेको हो ।










![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-768x432.jpg)





![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया