टक्सार पिखुवाखोला हाइड्रोपावरले बोलायो साधारण सभा, केके छन् प्रस्तावहरु ?

टक्सार पिखुवाखोला हाइड्रोपावरले बोलायो साधारण सभा, केके छन् प्रस्तावहरु ?
Advertisement Ads

टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडले असोज ३० गते छैठौँ वार्षिक साधारण सभा बोलाएको छ। सभा रामालय इभेन्ट भेन्यु, धापासी मार्ग, बाँसबारी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।

सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा सञ्चालक समितिका निर्णय अनुमोदन गर्ने प्रस्ताव छन्।

त्यस्तै, नयाँ परियोजना पहिचान गरी आवश्यक लगानी गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षण समिति गठन गर्न अख्तियारी दिने तथा संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालक निर्वाचित गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।

सभाको विशेष प्रस्तावमा कम्पनीलाई अन्य कम्पनीमा लगानी गर्न सहज हुने गरी होल्डिङ कम्पनीमा परिणत गर्ने र कम्पनीको नाम परिवर्तन गर्ने प्रस्ताव रहेको छ। यसका लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १६ गते एक दिन सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ। त्यसअनुसार असोज १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले सभामा सहभागी हुन, छलफल गर्न, उम्मेदवार बन्न र मतदान गर्न पाउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स