नेपाल पुनर्बीमाले संस्थापक समूहको २१ लाख बढी कित्ता सेयर बिक्रीमा राख्यो, मूल्य कति ?

नेपाल पुनर्बीमाले संस्थापक समूहको २१ लाख बढी कित्ता सेयर बिक्रीमा राख्यो, मूल्य कति ?

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ ।

कम्पनीले संस्थापक समूह तर्फका २१ लाख ७१ हजार ९३५ कित्ता सेयर सिलबन्दी बोलपत्र प्रक्रियामार्फत लिलाम बिक्रीमा राखेको हो ।

कम्पनीका अनुसार उक्त सेयरको न्यूनतम बोलकबोल मूल्य प्रतिकित्ता ४०० रुपैयाँ तोकिएको छ । साथै, न्यूनतम १ लाख कित्ता सेयरका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।

लिलाम प्रक्रियामा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका विद्यमान संस्थापक सेयरधनीसहित प्रचलित कानुनबमोजिम योग्य रहेका व्यक्ति, फर्म, कम्पनी तथा संस्थाहरूले सहभागिता जनाउन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित तोकिएको समयसीमाभित्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड, नक्साल, काठमाडौंमा सिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

कम्पनीका अनुसार तोकिएका सर्त तथा प्रक्रिया पूरा नगरेका बोलपत्रहरू स्वतः अमान्य हुनेछन् । लिलाम प्रक्रियासम्बन्धी सम्पूर्ण अधिकार प्रचलित कानुनअनुसार बिक्री प्रबन्धकमा निहित रहने पनि कम्पनीले स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स