नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरूलाई पुरानो नगद लाभांश लिन आग्रह गरेको छ। कम्पनीले विगतमा घोषण गरेको तर हालसम्म नबुझिएको नगद लाभांश छिटो लिन अनुरोध गरेको हो। साथै, अझै सेयर अभौतिकीकरण नगरिएका खण्डमा सो प्रक्रिया पनि यथासक्य चाँडो पूरा गर्न आग्रह गरिएको छ।
साधारण सभाले पारित गरेको नगद लाभांश ५ वर्षभित्र नलिएमा त्यस रकम ‘लगानीकर्ता संरक्षण कोष’मा जम्मा गर्नु पर्ने कानुनी प्रावधान रहेको छ। तसर्थ, लाभांश प्राप्त गर्न छुट भएका सेयरधनीहरूले यदि अझै हितग्राही खाता नखोलेको वा भौतिक सेयर अभौतिकीकरण बाँकी रहेको भएमा तत्काल ती कार्यहरू पूरा गर्न भनिएको छ।
त्यसैगरी, हितग्राही खातामा सम्बन्धित बैंक खाता नम्बर अद्यावधिक गरी बाँकी लाभांश लिई सक्न कम्पनीले अनुरोध गरेको छ। अन्यथा, कम्पनी ऐनअनुसार सो नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिनेछ। यस सम्बन्धमा थप जानकारीको लागि नेपाल रिइन्स्योरेन्सको शेयर रजिष्ट्रार आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड, टेकु, काठमाडौंमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ।






![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1.jpg?fit=640%2C360&ssl=1)




![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1.jpg?resize=150%2C150&ssl=1)


प्रतिकृया