भिजिट भिसा प्रकरणको छानबिनको माग गर्दै प्रमुख विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन्। मंगलबारको प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै निष्पक्ष छानबिनका लागि गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने अडान राखेका छन्।
बैठकको सुरुवातमै माओवादी केन्द्रका सांसद वर्षमान पुनले सभामुखसँग समय लिएर गम्भीर प्रकृतिको विषयमा छानबिन नगरी संसद् सञ्चालन हुन नसक्ने बताए।‘यति गम्भीर विषय उठेपछि गृहमन्त्रीले मार्ग प्रशस्त गरेर निष्पक्ष छानबिनका लागि वातावरण बनाइदिनुस्, यो नहुँदासम्म सम्पूर्ण विपक्षीको तर्फबाट संसद्को नियमित काम चल्न नसक्ने ब्यहोरा जानकारी गराउँछु’ पुनले चेतावनी दिए।
भिजिट भिसा सम्बन्धी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेपछि गृहमन्त्रीमाथि पनि छानबिनको माग उठेको हो।
रास्वपाका सांसद शिशिर खनालले पनि गृहमन्त्री लेखकको राजीनामा अपरिहार्य भएको बताए। नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरू संयुक्त रूपमा सदन अवरोधमा उत्रिएका छन्।












![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1.jpg?resize=150%2C150&ssl=1)


प्रतिकृया