instainsta

दुई कम्पनीको साधारण सभा आज बस्दै, यस्ता छन् प्रस्तावहरु

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १० गते
दुई कम्पनीको साधारण सभा आज बस्दै, यस्ता छन् प्रस्तावहरु
AdvertisementAds

आज चैत १० गते नेप्सेमा सूचीकृत दुई लघुवित्त कम्पनीको वार्षिक साधारण सभा बस्दैछ।

नेष्डो लघुवित्तले १४.७५% बोनस सेयर र कर प्रयोजनका लागि ०.२५% नगद लाभांशसहित रोयल कुश्मा रिसोर्ट, पर्वतमा बिहान ११:३० बजे सभा गर्दैछ। बोनस सेयर वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव गरिएको छ।

मानुषी लघुवित्तको सभा बिहान १०:३० बजे होटल भ्यू, भक्तपुरमा हुनेछ, तर लाभांश प्रस्ताव गरेको छैन। सभाले मर्जर वा एक्विजिशन सम्बन्धी निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

नेष्डोको सभा प्रयोजनका लागि फागुन २८ र मानुषीको फागुन २५ गते बुक क्लोज भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स