मानुषी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, लघुवित्तको खुद नाफा अघिल्लो वर्षको घाटा ७८ लाख ९२ हजार रुपैयाँबाट बढेर १ करोड ३० लाख रुपैयाँ पुगेको छ।
लघुवित्तको खुद ब्याज आम्दानी ८३.५० प्रतिशतले बढेर १० करोड १ लाख रुपैयाँ पुगेको कारण नाफामा वृद्धि आएको हो। अघिल्लो आवमा संस्थाले जम्मा ५ करोड ४५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो।
चौथो त्रैमाससम्ममा संस्थाको निक्षेप संकलन १०.९७ प्रतिशत बढेर १ अर्ब ९ करोड ६२ लाख रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ९.११ प्रतिशत बढेर १ अर्ब २९ करोड ४० लाख रुपैयाँ पुगेको छ। खराब कर्जा अनुपात घटेर ८.०४ प्रतिशतबाट घटेर ६.१४ प्रतिशतमा सीमित भएको ।
संस्थाको चुक्ता पूँजी १० करोड ९३ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ १ करोड ७१ लाख ऋणात्मक र रिजर्भ फण्डमा ४ करोड ५३ लाख रुपैयाँ सञ्चित रहेको छ।
लघुवित्तको वितरणयोग्य मुनाफा १ करोड ७१ लाख ४७ हजार रुपैयाँ रहेको र यसअन्तर्गत संस्थाको लाभांश क्षमता १५.६८ प्रतिशत रहेको छ।
समीक्षा अवधिमा संस्थाको प्रतिसेयर आम्दानी ७.२२ रुपैयाँ ऋणात्मकबाट बढेर ११.९२ रुपैयाँ पुगेको छ। यसैगरी, प्रतिसेयर नेटवर्थ १२५.८२ रुपैयाँ रहेको छ।
अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया