insta insta

एसईई पास भएकाहरुलाई मानुषी लघुवित्तमा जागिर खुल्यो, कसरी दिने आवेदन ?

एसईई पास भएकाहरुलाई मानुषी लघुवित्तमा जागिर खुल्यो, कसरी दिने आवेदन ?
Advertisement Ads

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले तीन विभिन्न पदका लागि ९ जना कर्मचारी माग गरेको छ। कम्पनीले सुपरभाइजर/वरिष्ठ सहायक (शाखा प्रमुख) पदमा २ जना, सहायक पदमा ५ जना र कनिष्ठ सहायक पदमा २ जना गरी कुल ९ जनाका लागि आवेदन आह्वान गरेको हो।

सुपरभाइजर/वरिष्ठ सहायक पदका लागि स्नातक तह उत्तीर्ण गरी लघुवित्त क्षेत्रमा कम्तीमा २ वर्षको अनुभव वा प्लसटू उत्तीर्ण गरी ३ वर्षको अनुभव आवश्यक छ। सहायक पदका लागि प्लसटू वा सो सरह उत्तीर्ण गरी लघुवित्त क्षेत्रमा २ वर्ष कनिष्ठ सहायकको रूपमा कार्यानुभव भएको हुनु पर्नेछ।

त्यस्तै, कनिष्ठ सहायक पदमा आवेदन दिनका लागि एसईई वा सो सरह उत्तीर्ण गरी कम्तीमा १ वर्षको लघुवित्त अनुभव आवश्यक हुनेछ। उमेरको हकमा पुरुष उम्मेदवारका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र महिला उम्मेदवारका लागि ४० वर्ष ननाघेको हुनुपर्नेछ।

साथै, कम्प्युटर सम्बन्धी ज्ञान भएका र मोटरसाइकल चालक अनुमतिपत्र (लाइसेन्स) भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।

इच्छुक उम्मेदवारले आवेदन फारम मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको वेबसाइट www.manushilbs.com बाट डाउनलोड गरी भर्नुपर्नेछ। त्यसपछि भरेको फारम, आफ्नो बायोडाटा, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यता र अनुभव सम्बन्धी प्रमाणपत्रहरू संलग्न गरी कम्पनीको केन्द्रीय कार्यालयमा बुझाउन सकिनेछ वा [email protected] इमेल ठेगानामा पठाउन सकिनेछ।

CamScanner 05 20 2025 08.54 2048x1848 1 https://bajarkochirfar.com/job-openings-at-manushi-microfinance-for-see-passers-how-to-apply | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स