मानुषी लघुवित्तले मर्जर प्रस्ताव पारित गर्न बोलायो विशेष साधारणसभा

मानुषी लघुवित्तले मर्जर प्रस्ताव पारित गर्न बोलायो विशेष साधारणसभा
Advertisement Ads

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले जीवन विकास लघुवित्त र युनिक नेपाल लघुवित्तसँगको मर्जरसम्बन्धी प्रस्ताव पारित गर्न विशेष साधारणसभा बोलाएको छ।

कम्पनीको सञ्चालक समितिको साउन २८ गते बसेको ११३औँ बैठकले विशेष साधारणसभा भदौ १४ गते आइतबार बिहान १०ः३० बजे भक्तपुरको वाचामारी, जगातीस्थित होटल भ्युमा आयोजना गर्ने निर्णय गरेको हो।

सभामा जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तको सम्पत्ति, दायित्व तथा कारोबारको पुनः समायोजित मूल्यांकन (Due Diligence Audit-DDA) प्रतिवेदनका आधारमा सञ्चालक समितिले आधार नेटवर्थमा गरेको पुनः समायोजनअनुसार सेयर आदानप्रदान अनुपात (Share Swap Ratio) सहित मर्जरसम्बन्धी प्रस्तावमाथि छलफल गरी पारित गरिनेछ।

विशेष साधारणसभा प्रयोजनका लागि कम्पनीले भदौ ५ गते एक दिन सेयर दाखिल खारेज बन्द (Book Close) गर्ने भएको छ। भदौ ४ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई तोकिएको समयभित्र सेयर रजिष्ट्रार नेपाल एसबीआई बैंकिङ लिमिटेडमा प्राप्त नामसारी लिखतका आधारमा सेयरधनी किताबमा कायम सेयरधनीले सभामा सहभागी हुन पाउनेछन्।

सभामा सहभागी हुन सेयरधनीले हितग्राही परिचयपत्र वा आधिकारिक परिचयपत्र साथमा ल्याउनुपर्नेछ। उपस्थिति पुस्तिका बिहान ९ बजेदेखि खुला रहने कम्पनीले जनाएको छ।

सेयरधनीले प्रोक्सीमार्फत पनि सभामा सहभागिता जनाउन सक्नेछन्। प्रोक्सी फारम कम्पनीको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ भने सभा सुरु हुनुभन्दा कम्तीमा ४८ घण्टाअघि कम्पनीको केन्द्रीय कार्यालय, बनेपा–१३, काभ्रेपलाञ्चोकमा दर्ता गराइसक्नुपर्नेछ।

Screenshot 14 8 2026 113955 www.nepalstock.com https://bajarkochirfar.com/manushi-laghubitta-calls-special-general-meeting-to-pass-merger-proposal | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स