इष्टर्न हाइड्रोपावर लिमिटेडले आफ्नो दशौँ वार्षिक साधारण सभा असोज २९ गते बोलाएको छ। सभा बिहान ११ बजे होटल हार्दिक, बागबजार, काठमाडौंमा हुने कम्पनीले जनाएको छ।
सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्ने र आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव छन्।
विशेष प्रस्तावतर्फ कम्पनीले १ः०.८७१ अनुपातमा अर्थात् ८७.१% हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव अघि सारेको छ। साथै, कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २१ गते एक दिन सेयर दर्ता किताब बन्द गर्ने भएको छ। त्यसअनुसार असोज २० गतेसम्म कारोबार भई कायम रहेका सेयरधनीले साधारण सभामा सहभागी हुन पाउनेछन्।

प्रतिकृया