insta insta

इस्टर्न हाइड्रोपावरले पायो हकप्रद सेयर निष्काशनको पूर्वस्वीकृति

इस्टर्न हाइड्रोपावरले पायो हकप्रद सेयर निष्काशनको पूर्वस्वीकृति
Advertisement Ads

इस्टर्न हाइड्रोपावर लिमिटेडले १ः०.८७१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने पूर्वस्वीकृति पाएको छ। विद्युत् नियमन आयोगले कम्पनीलाई हाल कायम चुक्ता पूँजी ६२ करोड रुपैयाँको आधारमा ५४ करोड ९ लाख २७४ रुपैयाँ बराबरको ५४ लाख ९२.७४३ कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो।

कम्पनीले यसअघि १ः१ अनुपातमा ६२ लाख कित्ता हकप्रद सेयर निष्काशनका लागि पूर्वस्वीकृति माग गरेको थियो। तर आयोगले केही संशोधनसहित १ः०.८७१ अनुपातमा हकप्रद निष्काशनको स्वीकृति दिएको हो।

भोजपुरमा रहेको ५ मेगावाट क्षमताको पिखुवा खोला साना जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनीले हकप्रद सेयरबाट प्राप्त रकममध्ये ६१ करोड ६१ लाख २६ हजार ६४४ रुपैयाँ २५ पैसा एनएमबी बैंकको term loan भुक्तानीमा प्रयोग गर्ने जनाएको छ। बाँकी रकम आयोजनाको Runner Replacement मा खर्च गर्ने प्रस्ताव थियो। आयोगले मर्मतसम्भारका लागि हकप्रद निष्काशन गर्न नदिने अभ्यासअनुसार बैंकको term loan भुक्तानी गर्ने प्रयोजनमा मात्रै हकप्रद निष्काशनको अनुमति दिएको हो।

आयोगले हकप्रदबाट प्राप्त रकम एनएमबी बैंकको term loan भुक्तानीमा प्रयोग गरी १५ दिनभित्र प्रमाणसहित जानकारी गराउन कम्पनीलाई निर्देशन दिएको छ। साथै, हकप्रद सेयर पहिलो चरणमा संस्थापक सेयरधनीका लागि निष्काशन गरी उनीहरूले चुक्ता गरेको रकमको विवरण सार्वजनिक गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन गर्नुपर्ने शर्त राखिएको छ।

कम्पनीले हकप्रद निष्काशनसम्बन्धी विवरणपत्रमा हकप्रदबाट प्राप्त रकम एनएमबी बैंकको term loan भुक्तानीमा प्रयोग हुने विषय स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।

Screenshot 26 8 2026 12125 www.nepalstock.com https://bajarkochirfar.com/eastern-hydropower-receives-pre-approval-for-rights-share-issuance | %tags Screenshot 26 8 2026 12133 www.nepalstock.com https://bajarkochirfar.com/eastern-hydropower-receives-pre-approval-for-rights-share-issuance | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स