तीन कम्पनीको वार्षिक साधारण सभा आइतबार पुस २७ गते बस्दैछ। इष्टर्न हाइड्रोपावर, मध्य भोटेकोशी जलविद्युत र सागर डिस्टिलरीको वार्षिक साधारण सभा आइतबार बस्न लागेको हो ।
इष्टर्न हाइड्रोपावर लिमिटेडले आफ्नो नवौं वार्षिक साधारण सभा काठमाडौँको वागबजारस्थित होटल हार्दिकमा बोलाएको छ । सभा बिहान ११ बजे सुरु हुनेछ । सभाले १:१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने बिशेष प्रस्ताव पारित गर्नेछ।साथै, सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ।
यसैगरी, लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, १:१ अनुपातमा हकप्रद सेयर निष्कासन, प्रवन्धपत्र संशोधन र सञ्चालक समितिमा संस्थापक समूहबाट ५ जना, सर्वसाधारण समूहबाट १ जना र स्वतन्त्र समूहबाट १ जना सञ्चालकको निर्वाचनसम्बन्धी विशेष प्रस्तावमा साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते एक दिनका बुक क्लोज गरिसकेको छ। जस अनुसार, पुस १९ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन्।
मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आफ्नो १३ औं र १४ औं वार्षिक साधारण सभा काठमाडौंको चण्डोलस्थित कुण्डलिनी दरबार बैंक्वेटमा बोलाएको छ। सभा बिहान ११ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ भने लेखापरीक्षकको प्रतिवेदनसहित आषाढ मसान्तसम्मको वासलात, आय–व्यय विवरण तथा नगद प्रवाह विवरणसहितका वित्तीय विवरणहरू पनि अनुमोदन गरिनेछ।
यसैगरी, चालु आर्थिक वर्षका लागि नियुक्त लेखापरीक्षकको अनुमोदन तथा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव र विभिन्न संघ–संस्थालाई प्रदान गरिएको आर्थिक सहयोग अनुमोदनसम्बन्धी विशेष प्रस्ताव पनि सभामा पेश गरिनेछ। साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ।जस अनुसार, पुस १५ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन्।
सागर डिस्टिलरी लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारण सभा नवलपुरको गैँडाकोटस्थित इला रिसोर्टमा बोलाएको छ। सभा बिहान साढे ९ बजे सुरु हुनेछ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। साथै, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०८१/८२ को नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणसहितका वित्तीय विवरणहरू पनि छलफल गरी पारित गरिनेछ।
यसैगरी, आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने, दुई जना सर्वसाधारण सञ्चालकको निर्वाचन गर्ने र एक जना सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने प्रस्ताव सभामा पेश गरिनेछ। साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १४ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ।जस अनुसार, पुस १९ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन्।






![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-768x432.jpg)

![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)





![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया