इष्टर्न हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

इष्टर्न हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने
AdvertisementAds

इष्टर्न हाइड्रोपावर लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्तावसहित नवौँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको उक्त सभा पुस २७ गते काठमाडौंको बागबजारस्थित होटल हार्दिकमा बिहान ९ बजेदेखि सुरु हुनेछ।

साधारण सभाले हकप्रद सेयर निष्काशनसम्बन्धी प्रस्ताव पारित गर्नुका साथै कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्तावमा छलफल गर्नेछ। साथै सञ्चालक समितिमा संस्थापक समूहबाट ५ जना, सर्वसाधारण समूहबाट १ जना र स्वतन्त्र समूहबाट १ जना गरी कुल ७ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा रहेको छ।

सभामा कम्पनीका अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। त्यसैगरी, सोही आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अनुसूचीहरू पनि अनुमोदन गरिनेछ।

यसका अतिरिक्त, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स