इष्टर्न हाईड्रोपावरको ५५ लाख ४१ हजार बढी कित्ता सेयरको ‘लक इन’ अवधि समाप्त

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक १७ गते
इष्टर्न हाईड्रोपावरको ५५ लाख ४१ हजार बढी कित्ता सेयरको ‘लक इन’ अवधि समाप्त
AdvertisementAds

इष्टर्न हाईड्रोपावर लिमिटेडको ‘लक इन’ अवधि समाप्त भएको छ। कम्पनीका ५५ लाख ४१ हजार २९५ कित्ता सेयर कात्तिक १६ गतेदेखि मुक्त रूपमा कारोबारयोग्य भएका छन्।

तीमध्ये ४९ लाख ६० हजार कित्ता सेयर संस्थापक समूहका हुन् भने ५ लाख ६९ हजार ६९० कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरिएका र ११ हजार ६०५ कित्ता कर्मचारीहरूलाई बाँडफाँड गरिएको हुन्।

कम्पनीले सर्वसाधारणलाई सेयर २०७९ कात्तिक १७ गते बाँडफाँड गरेको थियो। सो मितिदेखि तीन वर्षसम्म संस्थापक, आयोजना प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारीका लागि छुट्याइएका सेयर लक–इन अवधिमा राख्ने व्यवस्था रहेको छ।

कम्पनीका सञ्चालक समितिका सदस्य र उच्च पदस्थ कर्मचारीहरूको सेयर भने नियमानुसार अझै रोक्का रहने कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स