भोलिदेखि लगातार ३ दिन बन्द हुँदै सेयर बजार

भोलिदेखि लगातार ३ दिन बन्द हुँदै सेयर बजार
Advertisement Ads

सेयर बजार लगातार तीन दिन बन्द हुने भएको छ। भोलि असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म लगातार सार्वजनिक तथा साप्ताहिक बिदा परेकाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) सहित सेयर बजार सञ्चालन नहुने भएको हो।

सरकारले इन्द्र जात्राको अवसरमा असोज ९ गते शुक्रबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ। संघीय राजधानी काठमाडौंमै नेप्सेको कार्यालय रहेकाले उपत्यकामा सार्वजनिक बिदा हुँदा सेयर बजार पनि बन्द रहनेछ।

Screenshot 24 9 2026 141529 www.nepalstock.com .np https://bajarkochirfar.com/stock-market-to-be-closed-for-3-consecutive-days-from-tomorrow | %tags

त्यसपछि असोज १० गते शनिबार र ११ गते आइतबार नियमित साप्ताहिक बिदा परेकाले लगातार तीन दिन बजार बन्द हुनेछ। तीन दिनको बिदापछि असोज १२ गते सोमबारदेखि सेयर बजार नियमित रूपमा सञ्चालन हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स