एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्षमा नेपाल चयन, स्वर्णिम वाग्लेले जिम्मेवारी लिए

एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्षमा नेपाल चयन, स्वर्णिम वाग्लेले जिम्मेवारी लिए
Advertisement Ads

नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गैर-क्षेत्रीय सदस्य मुलुकतर्फको उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी दोहामा जारी बैंकको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकका अवसरमा नेपाललाई आगामी एक वर्षका लागि उक्त जिम्मेवारी दिइएको हो।

एआईआईबीको संगठनात्मक संरचनाअनुसार एक जना अध्यक्ष तथा क्षेत्रीय र गैर-क्षेत्रीय सदस्य मुलुकबाट एक–एक जना उपाध्यक्ष रहने व्यवस्था छ। यसपटक गैर-क्षेत्रीय सदस्य समूहबाट नेपालसँगै आयरल्याण्ड पनि उपाध्यक्षका रूपमा चयन भएको छ।

वार्षिक बैठकका क्रममा एआईआईबीका लागि नेपालका गभर्नर तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उपाध्यक्षको जिम्मेवारी औपचारिक रूपमा ग्रहण गरेका छन्।

बैठकको दोस्रो दिन आयोजित गभर्नर्स बिजनेस राउण्डटेबललाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले पूर्वाधारमार्फत हुने पुँजी निर्माण कम विकसित मुलुकहरूको आर्थिक वृद्धिको प्रमुख आधार रहेको बताए।

उनले सडक, विद्युत्, सञ्चार तथा सूचना प्रविधिजस्ता उत्पादनका प्रमुख साधनमा लगानी विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए। नेपालजस्ता विकासशील मुलुकहरूको आवश्यकतासँग मेल खाने गरी एआईआईबीको लगानीलाई अधिकतम सहुलियतपूर्ण बनाउनुपर्नेमा पनि उनले जोड दिए।

स्वदेशी तथा विदेशी निजी पुँजी आकर्षित हुने गरी वित्तीय स्रोत उपलब्ध गराउनुपर्ने धारणा पनि अर्थमन्त्री वाग्लेले बैठकमा राखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स