insta insta

स्वाभिमान लघुवित्तको ‘यु-टर्न’: यसअघि प्रस्तावित १० प्रतिशत लाभांश पूर्ण रूपमा रद्द

स्वाभिमान लघुवित्तको ‘यु-टर्न’: यसअघि प्रस्तावित १० प्रतिशत लाभांश पूर्ण रूपमा रद्द
Advertisement Ads

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/०८२ को मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने भनी यसअघि प्रस्ताव गरेको १० प्रतिशत लाभांश रद्द गरेको छ। संस्थाको ११४औं सञ्चालक समितिको बैठकले ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

नियामक व्यवस्था र वित्तीय परिसूचकहरूमा गर्नुपर्ने अनिवार्य समायोजनका कारण साविकको लाभांश यथावत् राख्न नसकिने भएकाले ११७औं सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव परिमार्जन गरी यस वर्ष कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। यस निर्णयबाट सेयरधनीहरूमा पर्न गएको असुविधाप्रति संस्थाले क्षमायाचना गरेको छ।

dividend proposal cancelled notice 1779690190661 https://bajarkochirfar.com/swabhiman-laghubittas-u-turn-previously-proposed-10-percent-dividend-completely-canceled | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स