अर्थ मन्त्रालयका ८५ जना उपसचिवको जिम्मेवारी हेरफेर, कसलाई कहाँको जिम्मेवारी ?

Advertisement Ads
अर्थ मन्त्रालयका ८५ जना उपसचिवको जिम्मेवारी हेरफेर, कसलाई कहाँको जिम्मेवारी ?
Advertisement Ads

अर्थ मन्त्रालयले नेपाल प्रशासन सेवा, राजस्व समूहका राजपत्रांकित द्वितीय श्रेणीका ८५ उपसचिवको सरुवा तथा पदस्थापना गरेको छ। मन्त्रालयले विभिन्न करदाता कार्यालय, भन्सार कार्यालय र विभागमा कार्यरत उपसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो।

मन्त्रालयको निर्णयअनुसार आन्तरिक राजस्व विभाग, भन्सार विभाग, ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय तथा देशभरका विभिन्न आन्तरिक राजस्व र भन्सार कार्यालयमा कार्यरत उपसचिवहरूको सरुवा गरिएको हो।

मन्त्रालयले असोज २३ गते सरुवा तथा पदस्थापनासम्बन्धी निर्णय गरेको थियो। उक्त निर्णयबारे सोमबार, असोज २६ गते जारी सूचनामार्फत जानकारी गराइएको हो।

सरुवाअन्तर्गत विभिन्न ठूला करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालय तथा भन्सार कार्यालयका प्रमुखका रूपमा कार्यरत करिब १५ उपसचिवलाई अर्थ मन्त्रालयको केन्द्रीय निकायमा तानिएको वा पदस्थापना गरिएको छ।

त्यसैगरी, आन्तरिक राजस्व विभागमा नौ उपसचिवलाई निर्देशकको जिम्मेवारी दिइएको छ भने भन्सार विभागमा चार उपसचिवलाई निर्देशकका रूपमा सरुवा गरिएको छ। ठूला करदाता कार्यालय तथा मध्यमस्तरीय करदाता कार्यालयहरूमा समेत प्रमुख कर अधिकृतहरू परिवर्तन भएका छन्।

Advertisement Ads

उपसचिव सरुवा 2083 6 23 gbdffop 1 1082x1536 1 https://bajarkochirfar.com/responsibilities-of-85-undersecretaries-of-the-ministry-of-finance-have-been-changed-who-has-what-responsibility | %tags उपसचिव सरुवा 2083 6 23 gbdffop 2 1082x1536 1 https://bajarkochirfar.com/responsibilities-of-85-undersecretaries-of-the-ministry-of-finance-have-been-changed-who-has-what-responsibility | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स