स्वाभिमान लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव पारित गर्न आगामी वैशाख १९ गते शुक्रबार आठौं वार्षिक साधारणसभा बस्दैछ। सभा तिलोत्तमा–५, रुपन्देहीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ। सभामा कम्पनीले आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्नेछ।
सभामा अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने, चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, रिक्त सञ्चालक पदमा मनोनयन गर्ने, अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने र सो अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गरी सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावहरू पनि पेश हुनेछ।
सभा र लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख ११ गते बुक क्लोज गरिसकेको छ। जस अनुसार वैशाख १० गतेसम्म कायम सेयरधनीहरूले मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।















![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)




प्रतिकृया