स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा आज बिहान ११ बजे रुपन्देहीस्थित कम्पनीको आफ्नै कार्यालयमा बस्दैछ।
सभाको मुख्य कार्यसूचीमा हाल कायम चुक्ता पूँजीको आधारमा सेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने योजना छ।
त्यसका साथै सभाले अघिल्लो आर्थिक वर्षको वित्तीय विवरणहरू अनुमोदन गर्नेछ, चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा उनको पारिश्रमिक निर्धारण गर्नेछ।
सभामा रिक्त सञ्चालक पदमा मनोनयन, कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि, त्यसअनुसार प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन तथा त्यसका लागि सञ्चालक समितिलाई आवश्यक अख्तियारी दिने प्रस्ताव पनि पारित गरिनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले वैशाख ११ गते बुक क्लोज गरिसकेको छ। यस आधारमा वैशाख १० गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन्।




















प्रतिकृया