हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले बोलायो विशेष साधारण सभा

हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले बोलायो विशेष साधारण सभा
Advertisement Ads

 राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असोज २८ गते विशेष साधारण सभा बोलाएको छ। कम्पनीको सञ्चालक समितिको असोज १२ गते बसेको बैठकले ललितपुरको चापागाउँस्थित हिमशिखर पार्टी भेन्यूमा बिहान ९ बजे सभा गर्ने निर्णय गरेको हो।

सभामा कम्पनीको जारी पुँजी संशोधनसहित प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पेश हुनेछ। साथै, चुक्ता पुँजीको १:०.२५१४११ अनुपातमा ३० लाख ८१ हजार २६२ कित्ता हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पनि सभामा लैजाने भएको छ।

उक्त हकप्रद सेयरको कुल रकम ३० करोड ८१ लाख २६ हजार २०० रुपैयाँ हुनेछ। विद्युत् नियमन आयोगले ३० करोड ८१ लाख २६ हजार २४५ रुपैयाँ ३४ पैसा बराबरको हकप्रद सेयर निष्काशन गर्न स्वीकृति दिएको भए पनि दशमलवमा सेयर संख्या आउने भएकाले कम्पनीले नजिकको पूर्ण अंकमा समायोजन गरी ३० लाख ८१ हजार २६२ कित्ता कायम गरेको जनाएको छ।

हकप्रद सेयर निष्काशनका क्रममा नियामक निकायको निर्देशन तथा सुझावअनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक हेरफेर, परिमार्जन, संशोधन वा समायोजन गर्न तथा कुनै बाधा आएमा त्यसलाई फुकाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश हुनेछ।

विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २० गते एक दिन सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ। त्यसअनुसार असोज १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई सात कार्य दिनभित्र दाखिल खारेजका लागि प्राप्त सेयर कायम रहेका सेयरधनीले सभामा सहभागी हुन पाउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स