राप्ती हाईडो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको लिलामी हकप्रद सेयर बाँडफाँड सम्पन्न भएको छ। कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्दा ७ लाख ४ हजार १११ कित्ता सेयर बिक्री हुन नसकेपछि साउन १३ देखि २० गतेसम्म लिलामीमा विक्री गरेको थियो।
लिलामीमा रहेका यी सेयर साउन २९ गते बाँडफाँड गरिएको कम्पनीले जनाएको छ। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा खुला गरिएको सेयरको अन्तिम मूल्य २७५ रुपैयाँ कायम भएको छ। उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरूको हकमा समानुपातिक रूपमा सेयर बाँडफाँड गरिएको छ।
सेयर नपाउने वा आंशिक मात्र पाउने आवेदकको रकम आज (भदौ १) गतेदेखि सम्बन्धित बैंक खातामा फिर्ता पठाइने जानकारी कम्पनीले दिएको छ। हकप्रद सेयरको निष्काशन तथा बाँडफाँडको व्यवस्थापन मुक्तिनाथ क्यापिटल लिमिटेडले गरेको छ।












![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया