नेपाल बैंक लिमिटेडले शाखा समायोजनसम्बन्धी कार्यका लागि डेटा माइग्रेसन गर्नुपर्ने भएकाले आफ्ना सम्पूर्ण सेवा अस्थायी रूपमा बन्द गर्ने भएको छ।
बैंकले सार्वजनिक गरेको सूचनाअनुसार भोलि कात्तिक १३ गते शुक्रबार राति ११:३० बजेदेखि कात्तिक १४ गते शनिबार बिहान ६:३० बजेसम्म बैंकबाट प्रवाह हुने सम्पूर्ण सेवा बन्द रहनेछन्।
बैंकले सेवा बन्द हुँदा ग्राहकमा पर्न जाने असुविधाप्रति क्षमायाचना गरेको छ।


प्रतिकृया