भोलिदेखि काठमाडौंका यी क्षेत्रमा ८ दिन बिजुली काटिने, कुन दिन कहाँ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक १२ गते
Advertisement Ads
भोलिदेखि काठमाडौंका यी क्षेत्रमा ८ दिन बिजुली काटिने, कुन दिन कहाँ?
Representative Image
Advertisement Ads

नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् वितरण लाइन भूमिगत गर्ने कार्यका लागि आठ दिनसम्म विद्युत् आपूर्ति बन्द गर्ने भएको छ।

प्राधिकरणको कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न फिडरमा भोलि कात्तिक १३ देखि २० गतेसम्म बिहान १०:३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने सूचनामा उल्लेख छ।

प्राधिकरणका अनुसार कात्तिक १३ गते बलम्बु, थानकोट तथा मातातीर्थ फिडरअन्तर्गत हाई भिजन कोलोनी क्षेत्रमा विद्युत् कटौती हुनेछ।

कात्तिक १४ गते सितापाइलाअन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्म, कात्तिक १५ गते कलंकी, थानकोट तथा रोपवे फिडरअन्तर्गत कलंकी चोकदेखि ढुङ्गेअड्डासम्म विद्युत् आपूर्ति बन्द हुनेछ।

त्यस्तै, कात्तिक १६ गते बाफल फिडरअन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्म र कात्तिक १७ गते शंखमूल फिडरअन्तर्गत यूएनपार्कदेखि बिजुली बजारसम्म विद्युत् कटौती हुनेछ।

Advertisement Ads

कात्तिक १८ गते सतुंगल फिडरअन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्रमा, कात्तिक १९ गते स्युचाटार सबस्टेसनअन्तर्गत हाज्मा पुल क्षेत्रमा र कात्तिक २० गते पुनः सतुंगल फिडरअन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ।

प्राधिकरणले मौसम प्रतिकूल भएमा निर्धारित तालिका रद्द हुन सक्ने जनाएको छ। विद्युत् आपूर्ति अवरुद्ध हुँदा ग्राहकमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ।

Screenshot 29 10 2026 84233 epaper.gorkhapatraonline.com https://bajarkochirfar.com/starting-tomorrow-these-areas-of-kathmandu-will-have-power-outages-for-8-days-on-which-days-and-where | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स