सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले ५६ हजार ४३५ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। संस्थाले सेयर बिक्रीका लागि ३५ दिने सूचना जारी गरेको हो।
संस्थाका सेयरधनी किशोरी थापाको नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याइएको हो। यसअघि सेयर खरिदको पहिलो हक विद्यमान संस्थापक सेयरधनीलाई दिइएको थियो। तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेपछि उक्त सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको संस्थाले जनाएको छ।
उक्त संस्थापक सेयर खरिद गर्न इच्छुकले आवश्यक कागजातसहित ३५ दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदन संस्थाको कर्पोरेट कार्यालय महालक्ष्मी–४, ललितपुर वा सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड, नक्सालमा बुझाउनुपर्नेछ।

प्रतिकृया