प्रतिकित्ता १०० रुपैयाँमै राप्ती हाइड्रोको सेयर किन्ने आज अन्तिम दिन, कहाँबाट दिने आवेदन ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २० गते
प्रतिकित्ता १०० रुपैयाँमै राप्ती हाइड्रोको सेयर किन्ने आज अन्तिम दिन, कहाँबाट दिने आवेदन ?

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले लिलाम बढाबढ प्रक्रियामार्फत बिक्रीमा ल्याएको अवितरित हकप्रद सेयर खरिदका लागि बोलपत्र पेश गर्ने आज (साउन २० गते) अन्तिम दिन हो। कम्पनीले १ बराबर १ अनुपातमा निष्काशन गरेको हकप्रद सेयरमा आवेदन नपरेको कारण ती सेयरहरू लिलाममार्फत बिक्री गरिँदैछ।

कम्पनीले लकइनमा नरहेको ५ लाख ६४ हजार १० कित्ता र लकइनमा रहेको १ लाख ४० हजार १०१ कित्ता गरि कुल ७ लाख ४ हजार १११ कित्ता सेयर लिलामीमा ल्याएको हो। उक्त सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ, र लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरेर शिलबन्दी बोलपत्रमार्फत आवेदन दिनुपर्नेछ।

न्यूनतम १०० कित्ता सेयरका लागि आवेदन दिनुपर्ने भए पनि अधिकतमका लागि कुनै सीमा तोकिएको छैन। उक्त लिलामीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

इच्छुक लगानीकर्ताहरूले मुक्तिनाथ क्यापिटलका साथै मुक्तिनाथ विकास बैंकका विभिन्न शाखा कार्यालयहरू—जसमा ठिमी (भक्तपुर), कुमारीपाटी (ललितपुर), बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौँडा, नारायणगढ, चिप्लेढुङ्गा (पोखरा), बुटवल, बाग्लुङ, घोराही (दाङ), नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी र महेन्द्रनगर—बाट आवेदन दिन सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स