एनएलजी इन्स्योरेन्सका सीईओ पन्त पुनः चार वर्षका लागि नियुक्त

एनएलजी इन्स्योरेन्सका सीईओ पन्त पुनः चार वर्षका लागि नियुक्त
Advertisement Ads

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल बल्लभ पन्तलाई थप चार वर्षका लागि पुनर्नियुक्त गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको ४२१औँ बैठकले पन्तलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

कम्पनीको २०८३ साल असोज १६ गते (२ अक्टोबर २०२६) बसेको सञ्चालक समितिको बैठकले पन्तको आगामी कार्यकाल चार वर्षका लागि थप गर्ने निर्णय गरेको हो।

हालका सीईओ पन्तको पदावधि २०८३ साल असोज २३ गते समाप्त हुँदैछ। पुनर्नियुक्तिपछि उनको नयाँ कार्यकाल २०८३ साल असोज २४ गतेदेखि २०८७ साल असोज २३ गतेसम्म कायम रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स