आज पुस २१ गते सोमबार ३ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारणसभा प्रयोजनका लागि पुस २२ गते बुक क्लोज गर्ने निर्णय गरेका ती कम्पनीहरूको लाभांश सुरक्षित गर्न आजसम्म सेयर खरिद गर्नुपर्ने हुन्छ। लाभांश सुरक्षित गर्ने अन्तिम दिन पर्ने कम्पनीहरूमा नेशनल माइक्रोफाइनान्स, एनएलजी इन्स्योरेन्स र बिन्धवासिनी हाइड्रोपावर रहेका छन्।
नेशनल माइक्रोफाइनान्सले १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।
त्यसैगरी, एनएलजी इन्स्योरेन्सले ४ प्रतिशत बोनस सेयर र ३.३६८४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।
बिन्धवासिनी हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।
यी तिनै कम्पनीको साधारणसभा पुस ३० गते हुने भएको छ।


















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया