एनएलजी इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो, जसमध्ये ४ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ। उक्त निर्णय पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै उक्त लाभांश सेयरधनीहरूलाई वितरण गरिनेछ।



















प्रतिकृया