दुई कम्पनीले पठायो लाभांश सेयरधनीको खातामा

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र २३ गते
दुई कम्पनीले पठायो लाभांश सेयरधनीको खातामा
AdvertisementAds

एनएलजी इन्स्योरेन्स र समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको बोनस सेयर वितरण प्रक्रिया सुरु गरेका छन्। दुबै कम्पनीले सोमवार सूचना जारी गर्दै बोनस सेयर नेप्सेमा सूचीकृत भएपछि सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्न थालिएको जानकारी दिएका छन्। यसअनुसार एनएलजी इन्स्योरेन्सले ४ प्रतिशत र समता घरेलु लघुवित्तले ५ प्रतिशत बोनस शेयर सेयरधनीहरुको खातामा जम्मा गरेका छन्।

एनएलजी इन्स्योरेन्सले गत पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट उक्त बोनस सेयर पारित गरेको थियो। कम्पनीका अनुसार पुस २१ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हितग्राही खातामा बोनस सेयर जम्मा गरिएको छ।

त्यस्तै, पुस २१ गतेसम्म सेयर धितो बन्धक राखी कर्जा लिएका सेयरधनीहरुको हकमा बोनस सेयर सम्बन्धित बैंक वा वित्तीय संस्थामा रोक्का राखिएको थियो, जुन कर्जा चुक्ता भइसकेपछि फुकुवा गरिनेछ। एनएलजी इन्स्योरेन्सको सेयर रजिष्ट्रार आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।

समता घरेलु लघुवित्तले पनि पुस ३० गते वार्षिक साधारण सभा सम्पन्न गरेको थियो। सो सभाबाट पारित ५ प्रतिशत बोनस सेयर पुस १७ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको कम्पनीले जानकारी दिएको छ।

पुस १७ गतेसम्म सेयर धितो बन्धक राखेका सेयरधनीहरुको हकमा सम्बन्धित बैंक वा वित्तीय संस्थामा रोक्का गरिएको छ, जसलाई कर्जा चुक्ता भएपछि फुकुवा गरिनेछ। समता घरेलु लघुवित्तको सेयर रजिष्ट्रार पनि आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स