हिमालय उर्जा विकास कम्पनी लिमिटेडले आफ्नो २६औँ वार्षिक साधारण सभा आगामी २०८३ कात्तिक १६ गते आयोजना गर्ने भएको छ। कम्पनी सञ्चालक समितिको १३४औँ बैठकको निर्णयअनुसार सभा काठमाडौंको थापागाउँस्थित अर्पण बैंक्विटमा बिहान ११ बजे बस्नेछ।
सभामा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल तथा स्वीकृत गर्ने प्रस्ताव रहेको छ। त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०८२/०८३ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाहलगायत वित्तीय विवरण छलफल तथा स्वीकृत गर्ने प्रस्ताव पनि पेश हुनेछ।
सभाले आर्थिक वर्ष २०८३/०८४ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ। यससँगै सञ्चालकको पारिश्रमिक घटाइएको सम्बन्धमा छलफल तथा बाँकी अवधिका लागि भएको स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि सभामा पेश हुने कम्पनीले जनाएको छ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले २०८३ असोज २८ गते सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ। नेपाल स्टक एक्सचेन्जमा २०८३ असोज २७ गतेसम्म सेयर कारोबार गरी नामसारीमा आएका सेयरधनी मात्र सभामा सहभागी हुन तथा मतदान गर्न योग्य हुनेछन्।
साधारण सभासम्बन्धी थप जानकारी आवश्यक परेमा कम्पनीको रजिष्टर्ड कार्यालय का.म.न.पा.-३२, सुविधानगर, तिनकुने, काठमाडौं मा कार्यालय समयमा सम्पर्क गर्न कम्पनीले सेयरधनीलाई अनुरोध गरेको छ।















![५ हजार रुपैयाँबाट सुरु गरेको चिया पसल, अहिले ७ वटा आउटलेट र ८० जनालाई रोजगारी! [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/11/918570907_4796861087221291_8454989320759341431_n-150x150.jpg)





प्रतिकृया