हिमालय उर्जा विकास कम्पनी लिमिटेडले पुस २६ गते २ आर्थिक वर्षको साधारण सभा बोलाएको छ । सभा अर्पण ब्यांकेट, थापागाऊँ, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०७९-८० र २०८०-८१ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।
सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार पुस ११ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

प्रतिकृया