गत वर्ष १५ करोड घाटामा रहेको हिमालय उर्जाले कमायो साढे ४ करोड नाफा

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २६ गते
गत वर्ष १५ करोड घाटामा रहेको हिमालय उर्जाले कमायो साढे ४ करोड नाफा

हिमालय उर्जा विकास कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, कम्पनीको खुद नाफा ४ करोड ६२ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनी १५ करोड ८० लाख रुपैयाँ घाटामा रहेको थियो।

कम्पनीको बिद्युत बिक्रि आम्दानी ५१.७७ प्रतिशतले बढेर ४१ करोड ६२ लाख रुपैयाँ पुगेको छ। यता कुल आम्दानी ३२.७५ प्रतिशतले बढेर ४२ करोड ३४ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिसम्म कम्पनीले ८३ लाख २४ हजार रुपैयाँ रोयल्टी खर्च, ५ करोड १५ लाख रुपैयाँ प्रशासनिक तथा अन्य प्रत्यक्ष खर्च, १८ करोड १० लाख रुपैयाँ वित्त खर्च र १३ करोड ६२ लाख रुपैयाँ ह्रासकट्टी खर्च व्यहोरेको छ।

कम्पनीको सञ्चालन मुनाफा ३७.३३ प्रतिशतले बढेर ३६ करोड ३५ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिसम्म कम्पनीको रिजर्भ १७ करोड ७८ लाख रुपैयाँ ऋणात्मक छ। कम्पनीको कुल चालु सम्पत्ति २० करोड ५८ लाख र कुल चालु दायित्व १ करोड ३७ लाख रुपैयाँ रहेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २ रुपैयाँ ३४ पैसा र प्रतिसेयर नेटवर्थ ९१ रुपैयाँ २ पैसा कायम भएको छ।

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स