मंसिर २३ गते दुई कम्पनीको वार्षिक साधारण सभा बस्दै, के-के छन् एजेन्डा ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर १७ गते
मंसिर २३ गते दुई कम्पनीको वार्षिक साधारण सभा बस्दै, के-के छन् एजेन्डा ?

दुई कम्पनीको वार्षिक साधारण सभा यही मंसिर २३ गते बस्ने भएको छ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड र हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडको वार्षिक साधारणसभा बस्ने लागेको हो।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सातौँ वार्षिक साधारण सभा काठमाडौँको बत्तिसपुतली स्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वटमा बिहान ९ बजे बस्ने भएको छ। सभामा हाल कायम चुक्ता पूँजीको ६.३१५८ प्रतिशत दरले नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने र सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ।

साधारण सभा तथा लाभांश वितरणका लागि बैंकले मंसिर १२ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले बैंकको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले पच्चीसौं वार्षिक साधारणसभा काठमाडौंको नयाँबानेश्वरस्थित अर्पण बैंक्विटमा बिहान ११ बजे बस्ने भएको छ। कम्पनिले लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन् ।

कम्पनीले बाँकी अवधिका लागि सञ्चालकको नियुक्ति अनुमोदन गर्ने र चालू आर्थिक वर्ष (आव) का लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ। त्यसैगरी सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गर्नेछ।

साधारण सभा तथा लाभांश वितरणका लागि बैंकले मंसिर ११ गते बुकक्लोज गर्ने भएको छ। जस अनुसार, मंसिर १० गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले बैंकको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स