हिमालय उर्जा विकास कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर लिलामीमार्फत विक्रीमा ल्याउने भएको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयर जारी गर्दा विक्री हुन नसकेको १४ लाख ४६ हजार ३५९ कित्ता सेयर असोज ७ गतेदेखि लिलामीमार्फत विक्रीमा ल्याउने भएको हो ।
कम्पनीले असार १९ गतेसम्म कायम सेयरधनीहरूका लागि प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ९९ लाख कित्ता हकप्रद सेयर साउन २९ गतेदेखि भदौ १२ गतेसम्म विक्री खुला गरेर भदौ २५ गते बाँडफाँट गरेको थियो । ९९ लाख कित्ता हकप्रद सेयर मध्ये ८४ लाख ५३ हजार ६४१ कित्ता हकप्रद सेयर मात्र विक्री भएको थियो ।
सोहि बाकी हकप्रद सेयर अब लिलामीमा आउने भएको हो । जसको मूल्य १०० रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी तोकिएको मितिभित्र विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालय नक्साल, काठमाडौं र नबिल बैंकको शाखा कार्यालयहरू विराटनगर, जनकपुर, भक्तपुर, पोखरा, कोहलपुर, सुर्खेत र महेन्द्रनगरमा बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।


















प्रतिकृया