Investor MeetInvestor Meet

आजदेखि सर्वसाधारणले पनि किन्न पाउने युनाइटेड अजोड इन्स्योरेन्सको सेयर, न्यूनतम मूल्य १०० रुपैयाँ

बजारको चिरफार
बजारको चिरफार
२०८३ असार २५ गते
AdvertisementAds
आजदेखि सर्वसाधारणले पनि किन्न पाउने युनाइटेड अजोड इन्स्योरेन्सको सेयर, न्यूनतम मूल्य १०० रुपैयाँ
AdvertisementAds

युनाइटेड अजोड इन्स्योरेन्सले अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्री खुला गरेको छ।

कम्पनीले आज असार २५ गतेदेखि संस्थापक समूहअन्तर्गत रहेको ६३ हजार ८४७ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो।

यो सेयर खरिदका लागि कम्पनीका संस्थापक सेयरधनीसँगै अन्य इच्छुक व्यक्ति तथा संस्थाले पनि बोलपत्र पेस गर्न सक्नेछन्।

कम्पनीले बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरेको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा प्रतिकित्ता कम्तीमा १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य उल्लेख गर्नुपर्नेछ।

बोलपत्र न्यूनतम १ हजार कित्ताका लागि पेस गर्नुपर्ने व्यवस्था गरिएको छ भने अधिकतम सम्पूर्ण ६३ हजार ८४७ कित्ताका लागि आवेदन दिन सकिनेछ।

AdvertisementAds

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कमलपोखरीस्थित कार्यालय तथा लक्ष्मी सनराइज बैंकका विराटनगर, वीरगन्ज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर (सुर्खेत) र धनगढी शाखामार्फत बुझाउन सकिनेछ।

कम्पनीका अनुसार बोलपत्र पेस गर्ने अन्तिम मिति साउन १ गते तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स