मञ्जुश्री फाइनान्स लिमिटेडले करिब १० करोड रुपैयाँ बराबरको संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। कम्पनीले शिलबन्दी बोलपत्रमार्फत ८ लाख ३९ हजार ५८३ कित्ता संस्थापक सेयर बिक्री गर्न आह्वान गरेको हो।
कम्पनीले बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ निर्धारण गरेको छ। यसअनुसार सेयरको कुल न्यूनतम मूल्य १० करोड ७ लाख ४९ हजार ९६० रुपैयाँ बराबर हुने कम्पनीले जनाएको छ।
इच्छुक योग्य व्यक्ति तथा संगठित संस्थाले साउन १८ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन न्यूनतम ५० हजार कित्ता वा सोभन्दा बढी १० ले भाग जाने संख्यामा तथा अधिकतम सम्पूर्ण सेयरका लागि दिन सकिने व्यवस्था गरिएको छ।
सेयर बिक्री प्रबन्धकका रूपमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ। इच्छुकले १०० रुपैयाँ शुल्क तिरेर बिक्री प्रबन्धकबाट बोलपत्र फाराम प्राप्त गर्न सक्नेछन्।
आवेदनसँग खरिद गर्न चाहेको सेयरको कुल मूल्यको ५ प्रतिशत बराबर धरौटी रकम जम्मा गरेको प्रमाण अनिवार्य रूपमा पेश गर्नुपर्ने कम्पनीले जनाएको छ।
प्राप्त शिलबन्दी बोलपत्र साउन १९ गते दिउँसो ३ बजे खोलिनेछ। बिक्रीका लागि आह्वान गरिएकोभन्दा बढी आवेदन परेमा मागका आधारमा समानुपातिक रूपमा सेयर बाँडफाँड गरिने कम्पनीले जनाएको छ।
प्रतिकृया