सर्वसाधारणका लागि सूर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक सेयर लिलामीमा, न्यूनतम मूल्य १६५ रुपैयाँ

बजारको चिरफार
बजारको चिरफार
२०८३ असार १० गते
सर्वसाधारणका लागि सूर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक सेयर लिलामीमा, न्यूनतम मूल्य १६५ रुपैयाँ
AdvertisementAds

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३ लाख २० हजार कित्ता संस्थापक समूहको सेयर आजदेखि लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको छ। कम्पनीले बिक्रीमा राखेको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै अन्य योग्य व्यक्ति तथा संस्थाले समेत आवेदन दिन सक्नेछन्।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १६५ रुपैयाँ निर्धारण गरिएको छ। इच्छुक लगानीकर्ताले सो मूल्य वा सोभन्दा बढी मूल्य उल्लेख गरी बोलपत्र पेस गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा न्यूनतम १ लाख कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ भने अधिकतममा सम्पूर्ण ३ लाख २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

इच्छुक लगानीकर्ताले असार १८ गतेसम्म बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र काठमाडौंको थापाथलीस्थित एनआईसी एशिया क्यापिटल लिमिटेडको कार्यालयमा बुझाउनुपर्ने कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स