यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले अवितरित हकप्रद सेयरको बाँडफाँड सम्पन्न गर्दै आवेदन नपरेका सेयरको रकम फिर्ता प्रक्रिया पनि सुरु गरेको छ।
कम्पनीका अनुसार संस्थापक समूहअन्तर्गत रहेका ६३ हजार ८४७ कित्ता अवितरित हकप्रद सेयरका लागि पहिलो चरणमा जेठ २९ गतेदेखि असार ८ गतेसम्म साविकका संस्थापक सेयरधनीलाई लिलाम बढाबढमार्फत आवेदन दिन आह्वान गरिएको थियो। तर, उक्त अवधिमा कुनै आवेदन प्राप्त नभएपछि सञ्चालक समितिको निर्णयअनुसार ती सेयर अन्य व्यक्ति वा संस्था तथा जोकोहीका लागि असार २५ गतेदेखि साउन १ गतेसम्म शिलबन्दी बोलपत्रमार्फत बिक्रीका लागि खुला गरिएको थियो।
सो अवधिमा प्राप्त शिलबन्दी बोलपत्र साउन ७ गते खोली रुजु गरिएको र साउन १२ गते शेयर बाँडफाँड सम्पन्न गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार बाँडफाँडमा नपरेका आवेदकको रकम आवेदन फारममा उल्लेख गरिएको बैंक खातामा आईपीएस (IPS) मार्फत फिर्ता पठाइनेछ।
कम्पनीले बाँडफाँडको अन्तिम कटअफ मूल्य प्रतिकित्ता ११२.६० रुपैयाँ कायम भएको जनाएको छ। उक्त मूल्यमा बोलपत्र पेस गरेका आवेदकलाई भने सापेक्षिक भारका आधारमा समानुपातिक रूपमा सेयर बाँडफाँड गरिएको कम्पनीले जानकारी दिएको छ।








![Nepse Gap Fill नगरी माथि जान सक्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/l0iAiQQCcl4-maxresdefault-768x432.jpg)





![Nepse Gap Fill नगरी माथि जान सक्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/l0iAiQQCcl4-maxresdefault-150x150.jpg)

![घरजग्गा मार्फत कसरी हुन्छ सम्पत्ति शुद्धिकरण ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/r-yxcMlaEZg-maxresdefault-150x150.jpg)


प्रतिकृया